म्याग्दीमा राष्ट्रिय पुस्तक दिवस मनाए
म्याग्दी,फागुन १ गते ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले शनिबार राष्ट्रिय पुस्तक दिवस मनाएको छ ।
दिवसको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य लिलाराम गौतमले नेपालमा पुस्तक निती आवश्यक रहेको बताउनुभयो ।
उहाँले पुस्तक लेखक, मुद्रक, प्रकाशक र वितरकको हितका लागि सरकारले पुस्तक निती बनाउनुपर्ने बताउनुभयो । संघका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरुले फागुन १ गतेलाई पुस्तक दिवस घोषणा गर्नुपर्ने माग गरेका थिए । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्