ताजा समाचार:
Search

भानु माविमा व्यवस्थापन समिति गठन

विकल्प न्यूज/बेनी
माघ ९ गते ।
बेनी नगरपालिका १ रत्नेचौरमा रहेको भानु माविमा टेकबहादुर खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पुर्नगठन भएको छ ।

प्रअ भरत खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा वुद्धबिर किसान, कृष्णबहादुर महत, उमा थापामगर, कुमारी थापामगर, डिलमाया रावल र गोविन्दप्रसाद रिजाल रहनुभएको छ ।

यसैगरी नेत्रबहादुर महत, सन्तोष रावल, बाबुराम बोगटी, तिलक थापामगर, कमल थापामगर र भुपेन्द्र थापालाई सल्लाहरकारमा चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष यसअघि शिक्षक अभिभावक संघको अध्यक्ष र व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो ।

एक महिनाअघि भएको अभिभावक भेलाबाट छनौट भएका प्रतिनिधिहरुको आईतबार बसेको बैठकले अध्यक्ष चुनेको हो । नवगठित व्यवस्थापन समितिलाई विद्यालयका शिक्षकहरुले स्वागतका साथै शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया भएको थियो । सो कार्यक्रमको सञ्चालन शिक्षक त्रिबिक्रम सुवेदीले गर्नुभएको थियो ।