ताजा समाचार:
Search

माझफाँटमा एमालेको जागरण अभियान जारी

विकल्प न्यूज/पर्वत
माघ ९ गते ।
पर्वतको उत्तरी क्षेत्र माझफाँट–३ नम्बर वडामा सम्पन्न भेलाले चन्द्रबहादुर कार्कीको अध्यक्षतामा नेकपा एमालेको वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सन्तु जिसी, सचिवमा मिना खत्री र उपसचिवमा अशोक खत्री चयन भएका छन् ।

वडा कमिटीको सदस्यहरुमा लालबहादुर खत्री, नन्दलाल अधिकारी, हिराकुमारी खत्री, जुना कार्की, लक्ष्मी जिसी, मिठू अधिकारी, गीता खत्री, रिता अधिकारी, विष्णु जिसी, सुनिता जिसी, निर्मला कुँवर र चन्द्रबहादुर जिसी रहेको एमाले माझफाँट गाउँ कमिटीले जनाएको छ । यसै गरि वडा नम्बर ५ मा पनि सन्तु जिसीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा दुर्गावहादुर बोहोरा,सचिव गम्बरसिंह बोहरा र सहसचिव अर्जुन दर्जि चयन भएको नेकपा एमाले माझफाँट गाउँ कमिटिका अध्यक्ष टेक वहादुर जिसीले जानकारी दिनुभयो । uml

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख लालबहादुर अधिकारीले स्थानीय तहको निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । वडा नम्बर ३ को भेलामा एमाले पर्वतका जिल्ला सदस्य लोकनाथ रेग्मीको विशिष्ट आतिथ्य रहेको कार्यक्रम माझफाँटका उपाध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षता र अध्यक्ष टेकबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसै गरि वडा नम्बर ५ मा सन्तु जिसीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन दलवहादुर लामीछाने र स्वागत पार्वती जिसीले गर्नुभएको थियो।