ताजा समाचार:
Search

अनेरास्ववीयु म्याग्दीको नयाँ कार्यसमिति चयन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ माघ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको १९ औ जिल्ला अधिवेशनले सुवास विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शुक्रबार राती सम्पन्न अधिवेशनबाट निर्वाचित ३७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ईश्वर सुवेदी, सचिवमा साबित्री खत्री, कोषाध्यक्षमा दर्पण रोका र सहसचिवमा आशिका मल्ल, योगेन्द्र घर्ती र जनक सुनाम रहनुभएको छ ।

सदस्यहरुमा भावना जिसी, करीस्मा सुवेदी, विकास केसी, सन्दिप शर्मा, नविन रिजाल, विशाल कार्की, चित्रबहादुर थापामगर, सुस्मीता शर्मा, बिमल पुनमगर, मिलन खत्री, नविन कडेल, खगेन्द्र घर्तीमगर, माया बोहोरा लगायत रहनुभएको छ ।akhilमहिला, खुल्ला, दलित र जनजातीबाट समावेशी कार्यसमिति चयन गरिएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचित समितिको बैठकले सचिवालय सदस्य र बिभागहरु गठन गर्नेछ ।

शुक्रबारदेखि बेनीमा सुरु भएको अधिवेशनको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । शुक्रबार राती भएको बन्दसत्रमा निवर्तमान अध्यक्ष प्रकाश पौडेलले राजनितिक तथा सांगठनीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।akhil 4नवनिर्वाचित अध्यक्ष विश्वकर्माले राजनितिलाई सामाजिक सेवासंग जोडेर अघि बढ्ने संगठनको योजनालाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले विद्यार्थीको हक अधिकारको रक्षा र संगठनलाई सुदृढ बनाउन लागीपर्ने बताउनुभयो ।