ताजा समाचार:
Search

संशोधन प्रस्ताव थाती राखे राजनीतिक समझदारी कायम हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, माघ ८ गते ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ ।

प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिवद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभएको हो ।IMG_1280“सरकारले संसोधन बिधेयकलाई यथास्थितीमा राखेर निर्वाचन सम्बन्धि बिधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संबिधान कार्यान्वयनको वातावरण बन्छ” सचिव ज्ञवालीले भन्नुभयो ।

संबिधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तिन वटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभुती हुने गरि समझदारी कायम गराउन पहल भैरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनका लागि राजनितिक समझदारीको वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने सचिव ज्ञवालीको भनाई छ ।

“संबिधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेशबादी दलहरु असहमतीका बावजुद पनि निर्वाचनमा सहभागि हुन्छन” सचिव ज्ञवालीले भन्नुभयो “सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभाको निर्वाचनको मिती तत्काल घोषणा गर्नुपर्छ ।”

२०७४ माघ पहिलो हप्ताभित्र तिन वटै तहको निर्वाचन हुन नसके देश गम्भिर संकटमा पर्ने चिन्ता व्यक्त गर्दै निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र स्थानीय तहको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

संबिधान संसोधनको बाहनामा देशलाई बिखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भएको भन्दै उहाँले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची महाकाली अभियान सञ्चालन गर्ने बताउनुभयो । अनुचित तवरले संसदमा दर्ता भएको संसोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुन नदिने सचिव ज्ञवालीले बताउनुभयो ।