ताजा समाचार:
Search

बाख्रापालन तालीम सम्पन्न

विकल्प न्यूज/बेनी
माघ ७ गते ।
म्याग्दीको बेनीमा शुक्रबार जिल्ला स्तरीय व्यवसायीक बाख्रापालन सम्बन्धि तालीम सम्पन्न भएको छ ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा तिन दिनसम्म सञ्चालीत तालीममा २१ जना कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई बाख्रापालन सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारीक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
तालीमको बरिष्ठ पशु चिकित्सक मनबहादुर पुन, पशु विकास अधिकृत नरबहादुर बानिया, पशु चिकित्सक जिवनप्रसाद आचार्य, लक्ष्मी शर्मा, पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मी, सुभास रेग्मी र प्रदिप गौतमले सहजिकरण गर्नुभएको थियो ।

तालीममा सहभागि कृषक टिकप्रसाद पुनको अध्यक्षता, पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालन र पशु चिकित्सक जिवनप्रसाद आचार्यले समापन गर्नुभएको कार्यक्रममा दोवाका भविन्द्र गर्बुजा र घारकी सिता बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।