ताजा समाचार:
Search

फेवाको साढे अठ्ठाईस करोड सञ्चालन मुनाफा

विकल्प न्यूज/बेनी
माघ ७ गते ।

म्याग्दीको बेनी लगायत देशका २९ ठाउँबाट बैङ्कीङ सेवा प्रवाह गर्दै आएको फेवा विकास बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष २०७३७४ को छ महिनाको अवधिमा साढे अठ्ठाईस करोड रुपैयाँ भन्दा सञ्चालन मुनाफा गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा ६५ प्रतिशत बढी २८ करोड ५३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले जनाएको छ । छ महिनाको अवधिमा १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब १४ करोड रुपैया कर्जा लगानी गरेको बैङ्कको तरलता अनुपात २५.६७ प्रतिशत रहेको छ ।logo fewa

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैङ्कसंग मर्ज हुने तयारीमा रहेको बैङ्कले विभिन्न योजना अन्तरगत निक्षेप संकलन, कर्जा प्रवाह, रेमिटेन्स सेवा प्रवाह गर्दै आएको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले जानकारी दिनुभयो । मर्जपछि कायम हुने चुक्तापुँजी एक अर्ब ८४ करोडको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने बैङ्कको तयारी छ ।