ताजा समाचार:
Search

विद्युतीय पुस्तकालय जडानका लागि प्राबिधिक टोली परिचालन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ माघ ।
म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्नका लागि प्राबिधिक टोली परिचालन भएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) र नेपाल लाईब्रेरी फाउण्डेशन बीच म्याग्दीका सबै माध्यमीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने विषयमा भएको सम्झौता अनुसार जडान गर्ने तयारी भएको छ ।

पmाउण्डेशनका ई पुस्तकालय शाखा प्रमुख बसन्त कृष्ण श्रेष्ठ र कम्प्युटर ईञ्जिनियर सुरीत अर्यालको टोली विद्युतीय पुस्तकालय जडानका लागि खटिएको मोनाका कोषाध्यक्ष एवं ईलाईब्रेरी संयोजक चक्रबहादुर थापाले जानकारी दिनुभयो । टोलीले पहिलो चरणमा म्याग्दी बहुमुखी क्याम्पस र १० वटा विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्नेछ् ।

दरवाङको जनप्रिय, तोरीपानीको गलेश्वर, धारापानीको किसानी, भिरमुनीको पौलत्य, सिंगाको धौलागिरी, पूर्णगाउँको राष्ट्रिय जनजागृती मावि, कुहुँको दिपशिखा मावि, हिदीको सिद्ध शान्ति र बेगको महादेव माविमा तथा डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयमा विद्युतीय पुस्तकालय जडान गरिने भएको छ ।

अन्य विद्यालयमा दोस्रो चरणमा जडान गर्ने मोनाले जनाएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को पहल, नेपाल लाईव्रेरी फाउण्डेशन र एनआरएनको सार्वजनीक पुस्तकालय कार्यदलको सहयोग तथा जिल्ला शिक्षा कार्यालयको सहकार्यमा विद्युतीय पुस्तकालय स्थापना गर्न लागिएको हो ।

ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिने प्रबिधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाईप्रती रुची र सिकाई उपलब्धी बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा हुन्छ ।

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक डिजीटलाईज्ड गरिएको सफट्वेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटर लगायत पुर्वाधार ब्यवस्थापन, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राबिधिक सहयोग गर्ने भएका छन् ।