ताजा समाचार:
Search

नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न

जिवन मल्ल /पर्वत
माघ ६ गते । नेकपा एमाले पर्वतको चार महिनै जागरण अभियान अन्तर्गत विहिबार माझफाँट गाविसको १ नम्बरको वडा भेला खोलाखेतमा सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथि नेकपा एमाले पर्वतका पार्टी अध्यक्ष पदम गिरिले संविधान कार्यान्वयनका लागि गाउँस्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो । cnuml kholakhetसंविधान कार्यान्वयका लागि स्थानीयतहको निर्वाचन पहिलो खुटकिलो भएको बताउँदै नेता गिरिले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । नेता गिरिले ओली नेतृत्वको सरकारले जनताको पक्षमा नीति कार्यक्रम र बजेट ल्याएको बताउँदै कार्यान्वयनमा वर्तमान सरकार उदासिन भएको बताउनुभयो ।
एमाले सधै राष्ट्रियताको पक्षमा उभिएकाले देशभर एमालेको पक्षमा अहिले लहर आएको बताउँदै । एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्ति हुन कसैले रोक्न नसक्ने उहाँको भनाई थियो ।

४ महिने गाउँ जागरण अभियान मार्फत एमाले पर्वतलाई थप दरिलो शक्ति बनाउन लागेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रचार विभाग प्रमुख लालवहादुर अधिकारी, जिल्ला कमिटि सदस्य बुद्धी सुवेदी,क्षेत्रीय सदस्य ठाकुरप्रसाद रेग्मी, माझफाँट गाउँ कमिटिका अध्यक्ष टेक वहादुर जिसी, युवा संघका क्षेत्रिय सचिव निलकण्ठ सुवेदी, चिनु जिसी, डिल वहादुर जिसीले एमालेलाई माझफाँटमा पहिलो सक्ति बनाउनु पर्ने विचार व्यक्त गर्नुभएको थियो ।

यसै गरि भेलाले राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रकाश कार्की,सचिव बेलवहादुर जिसी,सहसचिव रामचन्द्र कार्की रहनुभएको छ ।   यसै गरि सदस्यहरुमा सुनिल मल्ल,सूर्य मल्ल दिनेश मल्ल, रामचन्द्र मल्ल, किरण मल्ल, प्रविन जिसी,मोहन जिसी,राम वहादुर कार्की,रामवहादुर जिसी,सुजन जिसी,अर्जुन जिसी,खिम वहादुर किसान,भिमसेन किसान, सुनिता कार्की,देवी कार्की,माया कार्की,निम वहादुर मल्ल,तिलक हमाल,माया किसान,सोभा मल्ल,चिनु जिसी र गिता कार्की रहनु भएको छ । DSC_0883कमिटिको सल्लाहकारहरुमा थल वहादुर जिसी(भरत) बम वहादुर मल्ल,भिम वहादुर जिसी,तेज वहादुर जिसी र डिल वहादुर हमाल रहनु भएको छ । राजकुमार कार्कीको अध्यक्षता बेलवहादुर जिसीको सञ्चालन र भरत वहादुर जिसीको स्वागतमा सम्पन्न भएको भेलामा नेपाली काँग्रेस,माओबादी केन्द्र,राप्रपा र अखण्ड पार्टी परित्याग गरि  ३७  जना एमालेमा प्रवेश गरेकाहरुलाई अध्यक्ष गिरिले अविर र माला लगाउनुभएको थियो ।