ताजा समाचार:
Search

रत्नेचौरमा प्रहरी बिटको भवन निर्माणका लागि उपभोक्ता समिति गठन

विकल्प न्यूज/बेनी
माघ ६ गते ।

बेनी नगरपालिका १ रत्नेचौरका बासिन्दा प्रहरी बिटको भवन निर्माणमा जुटेका छन् । प्रहरीको भवन निर्माणका लागि बिहीबार एकेन्द्रबहादुर महतको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका छन् ।

वडा सचिव रमेश पौडेलको अध्यक्षतामा भएको भेलाले समितिको उपाध्यक्षमा डिलमाया रावल, सचिवमा कमल थापामगर र कोषाध्यक्षमा मञ्जु खड्कालाई चयन गरेको छ । समितिको सदस्यहरुमा बाबुराम बोगटी, मिनबहादुर खत्री, टेकबहादुर खत्री, तिलकबहादुर थापा र रुपा महत रहनुभएको छ ।Ratnechour (2)टेकबहादुर रावलको संयोजकत्वमा गणेशबहादुर महत, देवी रावल, सेते किसान र सावीत्री पुन सदस्य रहनुभएको अनुगमन समिति समेत गठन गरेको छ । समितिले हाल आमा समूहको भवनबाट सञ्चालन हुदै आएको प्रहरी बिटको भवन निर्माणका लागि पहिलो चरणमा आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाउने जनाएको छ ।