हिस्तानका मृगौला रोगी गवबहादुर बचाउ अभियान

विकल्प न्यूज/बेनी
बेनी १ पुष ।
म्याग्दीको हिस्तानका एक मृगौला रोगीको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको छ । हिस्तान ९ दोसल्लेका ३९ वर्षिय गवबहादुर पुनको मृगौला प्रत्यारोपणका लागि आर्थिक स्रोत जुटाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको हो ।

कोषका अध्यक्ष राजेश शाक्यले शुक्रबार बेनीमा आयोजित कार्यक्रममा विपन्न समुदायका पुनको मृगौला प्रत्यारोपणका लागि “गवबहादुर बचाउ अभियान” सुरु गरेको जानकारी दिनुभयो । कोषका कोषाध्यक्ष खम थापामगरको संयोजकत्वमा देश बिदेशमा रहेका हिस्तानका बासिन्दाहरुलाई समेटेर अभियान सञ्चालन गरिएको हो ।dsc08562दुवै मृगौलाले काम गर्न छाडेपछि हाल काठमाडौको ग्राण्डी इन्टरनेशनल हस्पीटलमा डायलाईसीस गराइरहेका पुनको मृगौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकले जनाएका छन् ।

गमबहादुरलाई श्रीमती टिका पाईजाले मृगौला दिने भएकी छिन् । मृगौला प्रत्यारोपण गर्न सबै प्रक्रिया पुरा गरेपनि अस्पतालमा धरौटी राख्ने पैसा नहुँदा शल्यक्रिया हुन नसकेको पाइजाका आफन्तले बताएका छन् ।

पाईजाले आफ्नो जिवनरक्षाका लागि सहयोग गर्न अपिल गर्नुभएको छ । ओमकुमारी शान्ति कोषले हालसम्म पाईजा सहित २७ जनाको उपचारका लागि आर्थिक सहयोग जुटाउन समन्वयकारी भुमिका निर्वाह गरेको छ । यसै गरि कोषका अध्यक्ष शाक्य र संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले दशहजार सहयोग गर्नुभएको छ ।