पुर्व मुस्ताङी राजा बिष्टको निधन

विकल्प न्यूज/बेनी
पुस १ गते ।
पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्टको शुक्रबार निधन भएको छ । केही वर्षदेखि काठमाडौको वौद्धमा बस्दै आएका बिष्टको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रत्तचाप र यूरिक एसिडलगायत समस्याबाट ग्रस्त पूर्वराज जिग्मेको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका आफन्त ईन्द्रधारा बिष्टले बताउनुभयो । आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने जिग्मे २०६२/६३ सालको जनआन्दोलन भन्दा अघिसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका थिए ।jigme-palbar-bistaजनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धबृद्धालाई सम्मान गर्ने बानीका कारण उनि उपल्लो मुस्ताङमा लोकप्रिय थिए । जिग्मेको पत्नी पूर्वरानी सिटोल परवल बिष्ट, पूर्वराजकुमार जिग्मे सिङगी परवल बिष्ट(असोक), पुर्वराजकुमारी र नातीनातीना छन् ।