म्याग्दीमा महिला हिंसाका घटना बढे

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ पुष ।
म्याग्दीमा पछिल्लो समय महिला हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले शुक्रबार बेनीमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०१७ वार्षिक पुर्व समिक्षा कार्यक्रममा महिला हिंसाका घटना बढ्दो क्रममा रहेको तथ्याङ्क प्रस्तुत गरिएको हो ।

ईन्सेक प्रतिनिधि अमृत बास्कुनेले २०७३ साउन १ देखि कात्तिक १ गतेसम्म १६ वटा महिला संग सम्बन्धित घटनाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका जनाकारी दिनुभयो । bikalpa news२०७२ पुष १५ देखि २०७३ असार १५ सम्म महिला हिंसाका ५ र सामाजिक हिंसा तथा अन्य गरि महिला संग सम्बन्धित २९ वटा घटना दर्ता भएका थिए । पछिल्लो एक वर्षमा घटेका आठ वटा मानव अधिकार हनन्का घटनामा सात वटामा महिला पिडित रहेको पाइएको ईन्सेक प्रतिनिधि अमृत बास्कुनेले बताउनुभयो ।

उहाँका अनुसार छ वटा घटना बलत्कार सम्बन्धि छन् । जस मध्य दुई वटामा संलग्न दुई जना अदालतबाट दोषी ठहर भई जेल चलान भएका छन् । एउटा घटनामा संलग्न दुई जनाको उमेर कम भएकाले परिवारको जिम्मा लगाइएको छ भने अन्य मुद्दा अदालतमा प्रक्रियामा छन् ।

समिक्षा कार्यक्रममा सहभागिहरुले महिला हिंसा न्युनीकरणका लागि सचेतना, शिक्षा अभिवृद्धी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी कार्यालय, राजनितिक दल, मावनअधिकारसंग सम्बन्धित संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।