बासखर्कको विद्यालयलाई साढे सात लाख रुपैयाँको जग्गा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३० मंसिर ।
पर्वतको बासखर्कमा रहेको ज्योति मण्डल माविलाई एक व्यक्तिले साढे सात लाख रुपैया मूल्य पर्ने जग्गा सहयोग गर्नुभएको छ ।

स्थानीय हिराबहादुर पुनले विद्यालयको भवन निर्माणका लागि तिन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । विद्यालयका अनुसार सो जग्गाको मूल्य सात लाख पचास हजार रुपैया बराबरको रहेको छ । विद्यालयको बिहीबार समपन्न ५९ औ वार्षिक उत्सवको अवसरमा जग्गादाता पुन लगायतका चन्दादाताहरुलाई सम्मान गरिएको छ ।img_1682यसैबीच विद्यालयलाई बासखर्कका गम बहादुरले मगरले २ लाख, विद्यालय ब्यवस्थापन समितीका भुत पुर्व अध्यक्ष याम बहादुर गबुर्जाले एक लाख २५ हजार, वडा नं– ९ घर भई हाल अस्ट्रेलियामा रहेका साजन तिलिजाले रु ५० हजार, बासखर्क पोखरा पुन मगर समाजले समितकिो कोषबाट नगद रु ५० हजार, तरुण दल म्याग्दीका अध्यक्ष तथा महाअधिवेशन प्रतिनिधि मुकुन छन्त्यालले रु १० हजार, स्व. रन बहादुर घलेको श्रिमती लक्ष्मी घलेबाट रु १० हजार, प्रम ब. पुनले रु १० हजार हाईमन पुजाले रु४ हजार उपलब्ध गराएका छन् ।