मानव स्वास्थ्यलाई नै असर पु¥याउने कोककलाले बेनी बजार भरिभराउ

विकल्प न्यूज/बेनी
मंसिर ३० गते ।
सदरमुकाम बेनी बजारमा मानव स्वास्थ्यलाई नै असर पु¥याउने पेय पदार्थ कोककला भेटिएको छ । उपभोग्य मिति समाप्त भइ पिउन अयोग्य भएका पेय पर्दाथ कोककलाका वोतलहरु भेटिएका हुन । प्यास्टिकका वोतलमा रहेको ५० एमएल,आधा लिटर र डेढ लिटरको कोककलामा उपभोग्य मिति समाप्त भएको भिटिएको हो ।
विहिवार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट आएको टोलीले बेनी बजारका केही पसलहरुमा गरेको अनुगमनका क्रममा पिउन अयोग्य भएका थुप्रै पेय पर्दाथ कोककला भेटिएको टोलीले जनाएको छ । 20161215_1153311अनुगमनका क्रममा ९ महिना अघि उपभोग्य मिति समाप्त भएको कोककला पसलमा विक्रीका लागि राखिएको पाइएको विभागका निर्देशक निरज पौडेलले बताउनुभयो । ९ महिना अघि म्याद सकिएका कोककला जफत गरिनुका साथै त्यस्ता पसलहरुलाई अवका दिनहरुमा विक्री नर्गन सचेत गराइएको निर्देशक पौडेलले बताउनुभयो । जफत गरिएका सामानहरु जिल्ला प्रशासनलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।
टोलीले बेनी बजारमा नमुनाका रुपमा केही पसलहरुको मात्र छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरुमा मूल्य सूचि नभएको,पसलले वोर्ड नराखेको,विना लेभलिङका वस्तुहरु राखेको र म्याद सकिएका वस्तुहरु विक्रीका लागि टाँसीमा सजाएर राखेको लगायतका धेरै बेथितिहरु पाइएको टोलीले जनाएको छ । यता व्यवसायिहरुले भने कोककला कम्पनिले नै म्याद सकिन लागेको सामानमा ल्याउने गरेको बताएका छन् । दुइ तिन दिन मात्र उपभोग गर्न मिल्ने मिति भएका कोककला ल्याउने गरेको हुनाले समस्या आएको बताएका छन् ।