बेनीबजारका दुइ डेन्टल केयर र एक प्रयोगशालामा सिलबन्दी

विकल्प न्यूज/बेनी
मंसिर ३० गते ।
सदरमुकाम बेनी बजारमा रहेको आरके प्याथोलोजी(स्वास्थ्य  प्रयोगशाला), निलगिरि र युगल डेण्टल केयरले प्रक्रिया नपु¥याई सञ्चालन गरेको भन्दै सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ । विहिवार गरिएको छडके अनुगमनका क्रममा ति व्यवसायिक फर्महरुमा अनुगमन टोलीले सिलवन्दी गरेको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।

विहिबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट खटिएको छड्के अनुगमन टोली सहित जिल्ला प्रशासन, जिल्ला जनस्वास्थय कार्यालय र उपभोक्ता मञ्च सहभागि रहेको टोलीले बेनीबजारमा छड्के अनुगमन गरेको थियो । dsc03223अनुगमनका क्रममा लामो समय देखि सम्बन्धित नियमक निकायमा दर्ता र नविकरण नगरी व्यवसायिक फर्महरु सञ्चालन गरेको पाइएकाले सिलबन्दी गर्नुपरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक निरज पौडेलले बताउनुभयो । उहाँका अनुसार निलगिरि र युगल डेण्टल केयरले एकवर्ष देखि सञ्चालन इजाजत पत्र नविकरण नगरेको र आरके प्याथोलोजीले १० वर्ष देखि सम्बन्धित निकायबाट इजाजत पत्र विनानै सञ्चालन गरेको पाइएको हो । आवश्यक प्रक्रिया पु¥याउन अनुगमन टोलीले निर्देशन पनि दिएको छ ।

अनुगमनका क्रममा टोलीले बेनीका केही खाद्यान्न र मेडिकल पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नियम प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका तिनवटा व्यवसायिक फर्मलाई आवश्यक प्रक्रिया पु¥याएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक पौडेलले बताउनुभयो ।20161215_124800दुइ डेण्टल केयर र एक प्रयोगशालामा हामीले सिलबन्दी गरेका छौ, निर्देशक पौडेलले भन्नुभयो,‘तोकीएका मापदण्ड नपु¥याएको हुँदा अनुगमन टोलीले सिलबन्दी गर्नुपरेको हो ।’ उहाँहरुलाई प्रक्रिया पु¥याएर आउन निर्देशन दिएका छौ। उहाँले भन्नुभयो । यस्तै अनुगमनकै क्रममा पिउन अयोग्य प्लास्टिक वोतलमा रहेको कोकोकला पनि जफत गरेको छ । पियन योग्य मिति समाप्त भएको कोकोकला पसलमा विक्रीका लागि राखिएको पाइएकोले जफत गरिएको टोलीले जनाएको छ । आवश्यक प्रक्रिया पु¥याएको कागजातहरु जिल्ला प्रशासनमा ल्याएपछि मात्र सिलबन्दी गरेका व्यवसायिक फर्महरु खोलिने सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताउनुभयो ।