पोखरेबगर प्राबीमा दुई कोठे भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २९ मंसिर ।
म्याग्दीको घार ९ मा रहेको पोखरेबगर प्राबीमा दुई कोठे भवन निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको १३ लाख रुपैयाँ अनुदान र विद्यालयको आन्तरिक स्रोत तथा समुदायको चार लाख रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भुकम्प प्रतिरोधी क्षमता भएको सो भवनको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले उद्घाटन गर्नुभयो ।15403744_1421821287858012_2538089581682972565_oघार गाविसका सचिव बाबुराम शर्माको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग गिरीको सञ्चालन र प्रअ लोकबहादुर बरुवालको स्वागत मन्तब्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिविसका सूचना अधिकारी पदम भण्डारी, शिक्षा कार्यालयका स्रोत व्यक्ति जयराम सुवेदी, स्थानीय अगुवा कृष्णप्रसाद बरुवाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा घारको ९ नम्बर वडाका १२० घरधुरीलाई फिल्टर वितरण गरिएको थियो । गाविस कार्यालयको ९५ हजार रुपैयाँ अनुदानमा फिल्टर खरिद गरेर वितरण गरिएको हो । यसैगरी बुधबारनै पोखरेबगरमा भेला भएका घारका राजनितिक दलका प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सञ्जालका प्रतिनिधि लगायतका सरोकारवालाहरुलाई प्रध्यापक गोरखबहादुर जिसीले एमसिपीएमको विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।