बेनी नगरपालिकाको योजना छनौट प्रक्रिया सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ मंसिर ।
बेनी नगरपालिका कार्यालय मार्फत आगामी आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने योजना तथा कार्यक्रम तर्जुमा प्रक्रिया सुरु भएको छ ।

आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम पहिचान गर्न बुधबारदेखि वडा स्तरीय योजना तर्जुमा गोष्ठि सुरु भएको छ । यसअघि बस्ती तथा टोल स्तरमा पहिचान र माग भएका योजनाहरु प्राथमिकीकरण गर्न वडा भेला आयोजना गरिएको हो ।dsc08457बुधबार रत्नेचौरमा १ र २ को, पुलाचौरमा ११ र १२ को, तोरीपानीमा १० र मंगलाघाटमा ६ नम्बर वडामा भेला सम्पन्न भएको छ । भेलामा वडा नागरीक मञ्च, टोल सुधार समिति, राजनितिक दल, वडा स्तरीय सञ्जाल, विषयगत कार्यालय र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मंगलाघाटमा भएको ६ नम्बर वडाको भेलामा बेनी नगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत छवीलाल सुवेदीले बस्तुनिष्ठ र परिणाम मुखी योजना निर्माण गर्न आग्रह गर्नुभएको थियो । ६ नम्बर वडाका सचिव कृष्णबहादुर शाक्यको अध्यक्षता र सामाजिक परिचालक तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा वडा नागरीक मञ्चका पुर्व संयोजक राजेन्द्रकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नगरपालिकाले वडा स्तरमा पुर्वाधार, प्रर्वद्धनात्मक र लक्षीत वर्ग सम्बन्धि पाँचपाँच वटा योजना तथा कार्यक्रम प्राथमिकीकरण गर्न निर्देशन दिएको छ । योजना छनौटलाई प्रभावकारी र व्यवस्थित बनाउन नगरपालिकाका प्रतिनिधिहरुलाई सबै वडा भेलाहरुमा खटाइएको छ ।
योजना निर्माण प्रक्रियामा बालबालीकाहरुलाई समेत सहभागि गराइएको छ । पुष ३ गतेसम्म १४ वटै वडामा योजना तर्जुमा गोष्ठि सम्पन्न गर्ने नगरपालीका कार्यालयको कार्यतालीका छ । नगरपालिकाको बजेटले नपुग्ने योजनालाई विषयगत कार्यालयमा पठाईने जनाइएको छ ।