क्षेत्रीय छनौट खेलको पुरुष भलिबलमा स्याङ्जा र महिलामा म्याग्दी बिजयी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ मंसिर ।
पश्चिमाञ्चल क्षेत्र स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ स्याङ्जा र महिलातर्फ म्याग्दी बिजयी भएका छन् ।

बेनीमा मंगलबार सम्पन्न क्षेत्रीय खेलमा कास्कीलाई लगातार तिन सेटमा पराजित गर्दै स्याङ्जा र बागलुङलाई एकका विरुद्ध तिन सेट जितेर म्याग्दी बिजयी भएको हो । पुरुष महिला दुवैतर्फ रुपन्देहीलाई पराजित गर्दै नवलपरासी र कास्की तितृय भएका छन् ।dsc08364चार दिनसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ १६ र महिलातर्फ दश जिल्लाले सहभागिता जनाएका थिए । आगामी पुष दोस्रो साता पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरु छनौट गर्नका लागि जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो । dsc08397यसैगरी बेनीमानै भएको कराँतेको क्षेत्रीय छनौट प्रतियोगितामा कास्कीले बर्चश्व कायम गरेको छ । सात स्वर्ण, एक रजत र एक कास्य पदक हात पारेको कास्की प्रथम, चार स्वर्ण, दुई रजत र छ कास्य जितेको रुपन्देही दितृय र दुई स्वर्ण, एक रजत र चार कास्य पदक जितेको गोर्खा तितृय भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।dsc08399 एक स्वर्ण, तिन रजत र तिन कास्य पदक सहित म्याग्दी र बागलुङ चौथो भएका छन् । म्याग्दीलाई चन्द्र बुढाले ६७ केजी तौल समूह र एकल काँटातर्फ स्वर्ण तथा ६८ केजी भन्दा कम तौल समूहमा बिना घर्तीमगर र ६८ भन्दा बढी तौल समूहमा सोफीया खत्रीले रजत पदक दिलाएकी हुन् । कराँतेमा कास्कीकी मनु तामाङ र म्याग्दीका चन्द्र बुढा उत्कृष्ट खेलाडी बनेका छन् ।dsc08388टिम काँटामा म्याग्दीले कास्य पदक जितेको छ । भलिबल खेलतर्फ म्याग्दीबाट अरुणा शाही, पवित्रा विसी, रेवीना घर्ती र सुजन चोखाल छनौटमा परेका छन् । बिजयी खेलाडीहरुलाई सांसद नवराज शर्मा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, धौलागिरी संयोजक सम्पन्न श्रेष्ठ र म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कृष्ण जिसीले सञ्चालन गर्नुभएको पुरस्कार वितरण कार्यक्रममा मन्तब्य व्यक्त गर्दै सांसद शर्माले राष्ट्रिय एकता, सद्भाव र मेलमिलापका लागि खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन, संरक्षण र खेल पुर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।