ताजा समाचार:
Search

म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ भदौ ।
सरकारले म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई राष्ट्रिय आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।min bhadur shrethaनेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

‘लामो समय बैङ्कीङ क्षेत्रमा काम गरेका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष हुनु म्याग्दी र यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो’ पौडेलले भन्नुभयो ‘अहिलेको सरकारले म्याग्दीलाई दिएको अवसर र सम्मान हो ।’

माओवादी निकट श्रेष्ठ साहीत्यीक क्षेत्रमा मिन दन्द्धीको नाममा चिनीनुहुन्छ । म्याग्दीमा माओवादीको संस्थापक मध्यका एक श्रेष्ठ पनि हुनुहुन्छ । पाँच वर्षभन्दा लामो समय राष्ट्र बैङ्कको अनुसन्धान विभागको नेतृत्व गर्नुभएका उहाँको नाम यसअघि गर्भनरमा चर्चामा थियो ।

सिङ्गा स्थित धौलागिरी मावि नजिकै जन्मघर भएका श्रेष्ठ हाल काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँले अहिले राष्ट्र ऋण विभागको नेतृत्व सम्हाल्नुभएको छ । देशभरका सम्पूर्ण विकास योजना निर्माण र बजेटको सिमाना निर्धारण गर्ने मुख्य निकायमा म्याग्दीको उपस्थितीले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सन १९८८ बाट राष्ट्र बैङ्कमा आवद्ध हुनुभएका श्रेष्ठ आर्थिक अनुसन्धान, तालिम, नतिगित सुझाव तथा रणनिति तर्जुमाका काममा विज्ञ मानिनुहुन्छ । उहाँसंग २००६ देखि २००९ सम्म साउन ईस्ट एसिया सेन्ट्रल बैक्स रिसर्च एण्ड टे«नीङ सेन्टरको बरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेको अनुभव छ ।

सार्वजनिक प्रशासन र राजनितिक शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका श्रेष्ठले अस्टे«लीयाको ओलोङगोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारीधी गर्नुभएको छ । वित्तिय उदारीकरण, मौद्रिक नीति, पँुजी प्रवाह, लगानी, अन्तराष्ट्रिय आप्रवास, गरिवी लगायतका विषयको खोज अनुसन्धानमा संलग्न श्रेष्ठको सात वटा पुस्तकहरु प्रकाशन भैसकेको छ ।