ताजा समाचार:
Search

म्याग्दीमा ट्रेड युनियन निर्वाचनको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ जेठ ।
जेठ १९ गते बुधबार देशभर हुन लागेको आधिकारीक टे«ड युनियनको निर्वाचनको म्याग्दीमा तयारी पुरा भएको छ ।

सरकारले निजामती कर्मचारीहरुको टे«ड युनियनलाई व्यवस्थित गर्दै उनिहरुको हक अधिकारका विषयमा सामुहिक सौदावाजी गर्ने वातावरण बनाउन आधिकारीक ट्रेड युनियन निर्वाचन गर्न लागेको हो ।

म्याग्दीमा ३५० जना निजामती कर्मचारी मतदाता रहेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत खेमराज पाठकले जानकारी दिनुभयो । म्याग्दीका निजामती कर्मचारीहरुका लागि जिविस सभाहलमा बिहान ९ देखि साँझ ५ बजेसम्म मतदान गर्ने ब्यवस्था मिलाइएको पाठकले बताउनुभयो ।

टे«ड युनियन निर्वाचनलाई लक्षित गरेर प्रहरीले सुरक्षा सर्तकता र सक्रियता बढाएको छ । समानुपातीक प्रणालीमा निर्वाचन हुन लागेको हो । बेनीमा मतदान हुने र यहीनै मतगणना गरेर परिणाम केन्द्रमा पठाइने निर्वाचन अधिकृत पाठकले बताउनुभयो ।DSC02233

निर्वाचनमा कार्यालय प्रमुख, संस्थान र स्वास्थ्य सेवा बाहेकका कर्मचारीले मतदान गर्न पाउने ब्यवस्था छ । छ वटा कर्मचारी संघ, संगठनहरु उमेद्वार रहेको निर्वाचनमा दश प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधीकारीक टे«ड युनियनको मान्यता नपाउने जनाइएको छ ।

संगठनले मत पाएको आधारमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको पद तथा संख्या बिभाजन हुने ब्यवस्था रहेको छ । म्याग्दीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि सक्रिय बनेका छन् ।