ताजा समाचार:
Search

म्याग्दीमा विश्व धुम्रपान रहित दिवस मनाइयो

विकल्प न्यूज/बेनी
म्याग्दी १९ जेठ ।
म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व धुम्रपान रहित दिवस मनाइएको छ ।

जिल्ला सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति म्याग्दीको आयोजनामा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्न अनुरोध सहित बेनी बजारमा ¥याली निकालीएको थियो । DSC02468जिल्ला स्वास्थ्य कार्यालय परिसरबाट सुरु भएको स्वास्थ्यकर्मीहरु सहभागि ¥याली बेनी बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागिहरुले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्न अनुरोध गरिएको अपिल वितरण गरेका थिए ।
साथै सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्नलाई जरिवाना तिराउने समितिले चेतावनी दिएको छ । सुर्तीजन्य पदार्थको सेवन र धुम्रपान क्यासर रोगको प्रमुख कारणको रुपमा देखिएको छ ।