ताजा समाचार:
Search

दुर्घटना न्युनीकरण गर्न चेतनामुलक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ जेठ ।
सवारी दुर्घटना न्युनीकरणका लागि मंगलबार बेनीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जेसीज सप्ताह २०१६ अन्तरगत बेनीको कालीपुलमा सवारी धनी, चालक र सहचालकलाई ट्राफिक नियम र दुर्घटना न्युनीकरणका लागि अपनाउन सकिने साबधानीका बारेमा प्रशिक्षण दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख रामचन्द्र क्षेत्रीले प्रशिक्षणको सहजिकरण गर्नुभएको थियो ।DSC02464

यसैगरी ¥यालीले बजार परिक्रमा गरिएको थियो । ¥यालीका क्रममा ट्राफिक नियम पालना र दुर्घटना न्युनीकरणका लागि अपिल वितरण गरिएको थियो । ¥यालीमा जेसीजका पदाधीकारी, सवारी चालक र ट्राफिक प्रहरीको सहभागिता रहेको थियो । म्याग्दी जेसीजले जेठ १४ गतेदेखि विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह मनाइरहेको छ ।