सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ जेठ ।
म्याग्दीका पाँच जना विद्यालय तहमा अध्ययनरत खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागि हुने भएका छन् ।
पोखरामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताबाट उनिहरु राष्ट्रिय खेलमा सहभागि हुनका लागि छनौट भएका हुन् ।
भलिबलमा ताकम माविकी सुजता खत्री, एथलेटिक्सतर्फ ज्याबलीङ थ्रोमा माउन्ट एभरेष्ट आवाशिय उच्च माविकी रश्मिी मगर, त्रिपल जम्पमा वेष्ट प्वाईन्टका सुरेश दर्जी, आठ सय मिटर दौडमा वेष्ट प्वाईन्टका सरोज खत्री र मार्सल आर्टतर्फ करातेका कुष थापा छनौट भएका हुन् ।
पोखरामा सोमबार सम्पन्न भएको क्षेत्रीय स्तरको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो । खेलाडीहरुका लागि प्रतिभा देखाएर राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पुग्न प्रतियोगिता राम्रो अवसर हुने बानियाँको भनाई छ ।