म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा बिजय श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी
चैत २४ गते ।


म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुबराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाँ रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक याम बहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अुनसार सहकारीको लेखा समितिको लेखा संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम रहुनुभएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो ।

पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुँदै जाने भएकाले जिल्लामा रहेका संचारमाध्यमलाई बचाउनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले अब रेडियो पनि समय अनुरुप संचालन हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि पुरानो तरिकाले संचालन गर्दा प्रभावकारी नहुने उहाँको भनाई थियो ।

संस्थाका संस्थापक अध्यक्ष बेनी नगरपालिकाका पूर्व मेयर हरिकुमार श्रेष्ठले जिल्लामा रहेका संचार माध्यमहरुको अबस्था कमजोर हुँदै गएको बताउनुभयो । यस्ता संचार माध्यम बचाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ महासचिव नारायण जिसी र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस सँग प्रतिस्पर्धा गर्न सक्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो ।

उक्त सभामा म्याग्दीकाली एफ.एमका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको छ । रेडियोमा रहेर रेडियोको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व स्टेशन म्यानेजर विक्री बोगटी, प्रकाश पौडेल र दलप्रसाद विस्वकर्मा (अमित)लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
रेडियोमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्राविधिक प्रमुख मनु थापालाई समेत सम्मान गरिएको थियो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित ५३४ जना शेयर सदस्य रहेको सहकारीको ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ ।

केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ । भने खर्च तर्फ २७ लाख २१ हजार, ४८७ रुर्पयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।