जलजलामा मेलमिलापकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

विकल्प न्यूज\जलजला
चैत २३ गते ।

 पर्वतको जलजला गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम शुक्रबार देखि सुरु भएको छ । दुईदिन सम्म संचालन हुने तालिमको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजिअ आचार्यले पालिका स्तरमा मेलमिलापकर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने र नागरिकले पनि स्थानीय सरकार भएको अनुभूति गर्न पाउने बताउनुभयो । उहाँले सहजकर्ताले कर्तव्यको पालना गर्दा नैतिकवान बनिने र न्यायिक निकायमा सहजता आउने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै जलजला गाउँपालिकाका प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यले संविधानले देवानी प्रकृतिका मुद्दाहरु मिलाउने तरिकाले गाउँपालिकामा मेलामिलाप गराउन न्यायिक समित गठन गरेको र यसले गर्दा दुवै पक्षले जितेको आभास गराउने गरि न्यायिक समितिले भुमिका खेलेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइलीले स्थानिय तहहरुलाई दिइएका विभिन्न जिम्मेवारीहरु मध्ये महत्वपुर्ण बिभाग भएको बताउनुभयो । उहाँले यो तालिम अघिल्लो वर्ष दिइएको ४८ घन्टे तालिमको पुनार्ताजागी भएको बताउंदै गाउँ घरमा भैरहने विभिन्न खालका मुद्दाहरु समितिको सहयोगमा समाधान हुनेगरेको बताउनुभयो ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष टुंगनाथ शर्मा, नेकपा माओबादी प्रदेश कमिटी सदस्य दुर्गा बहादुर दर्जी, नेकपा एमाले जलजलाका अध्यक्ष बाबुराम कार्की, नेपाली कांग्रेस जलजला गाउपालिकाका सचिव नविन जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

दुइदिनसम्म संचालन हुने तालिम कार्यक्रमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत अर्जुन शर्माले बिबाद वा द्धन्द्धको परिचय, कारण र स्थानीय विवाद निरुपणमा वडा कार्यालय तथा न्यायिक समितिको भूमिकाू विषयमा र जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश विजयराज पौडेलले ूमेलमिलापको अर्थ, मेलमिलापको प्रकार, मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवाला संगको सम्बन्धका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको उद्घाटन सत्र जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र संचालन गाउँपालिकाका अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।