एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण

विकल्प न्यूज\बेनी
चैत १० गते ।

 
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो ।

उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा संगठनलाई व्यवस्थित र सक्रियताका साथ अगाडी वढाउन सहयोग पु¥याउने बताउनुभयो ।

म्याग्दी जिल्लामा नेकपा एमाले नै पहिलो शक्ति हो, आम जनताको विश्वास एमालेमै छ, नेता थापाले भन्नुभयो, ‘एमालेको गर्भिलो ईतिहास र साख जोगाउन पालिका कमिटीका पदाधिकारीहरुको भूमिका अतिनै महत्वपूर्ण हुन्छ’ ।
उहाँले संगठनलाई चलायमान बनाउन कुनै न कुनै योजनाका साथ जनमानसमा पुग्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले पालिका कमिटी र पदाधिकारीहरुको काम कर्तव्य र अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदीले सदस्यता संगठनात्मक सिद्धान्त, र कार्य योजना निर्माणका विषयमा सहजीकरण गर्नुभएको थियो । विषय विज्ञ श्रीधर सुवेदीले स्थानीय तहमा सामान्य लेखा व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा यहि चैत मसान्त भित्रमा जिल्लाका सवै वडाहरुको अधिवेशन र सदस्यता नविकरण कार्य सम्पन्न गरिसक्ने कार्य योजना निर्माण भएको जिल्ला कमिटी अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।अभिभुखिकरण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुम बहादुर बानियाँ र खरमाया विटालुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम जिल्ला कमिटी अध्यक्ष सुवेदीको अध्यक्षता, उपसचिव खड्ग गिरीको स्वागत र सचिव थमसरा पुनको संचालनमा सम्पन्न भएको थियो ।

नवनिर्वाचित पालिका कमिटीलाई सशक्त, क्रियाशिल बनाउदै योजनावद्ध कार्य सम्पादन गर्न उत्प्रेरित गर्ने र संगठनलाई मजवुट बनाउने अभिप्रायका साथ अभिमुखिकरण गरिएको एमाले म्याग्दीले जनाएको छ ।