दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण

विकल्प न्यूज/बेनी
असोज ८ गते ।


काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् ।
सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर विद्यालयको मैदानमा आकस्मिक अवतरण गरेको विद्यालयका शिक्षक सुरमन गर्बुजाले बताउनुभयो । ‘पर्यटक लिन धौलागिरी हिमालतर्फ जाँदै गर्दा खराम मौसमका कारण हेलिकप्टर रोकिएका रहेनछ्, आज रातीदेखि नै बर्षा भएकाले बादलले वातावरण ढाकिएको छ’’– उहाँले भन्नुभयो ।

#Adv

म्याग्दीको अधिकांश स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ । जसका कारण हवाई उडान प्रभावित भएको छ । वर्षा र बाक्लो कुहिरोका कारण पोखराबाट आउने तयारीमा रहेका थप हेलिकप्टर समेत रोकिएको बताइएको छ ।