बेनी नगरबाट तालिम पाएपछि महिलाहरुले बनाए फेन्सी चप्पल

विकल्प न्यूज/बेनी
असार ९ गते ।

 

तालिम पाएपछि बेनी नगरपालिका ९ गलेश्वरका महिलाहरुले फेन्सी चप्पल बनाएका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको आमासमुह सँग उपमेयर कार्यक्रम अन्तर्गत गलेश्वरका महिलाहरुलाई फेन्सी चप्पल बनाउने १५ दिने तालिम प्रदान गरिएको थियो ।

बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको छ । तालिममा सिकेको सीपलाई प्रयोग गरेर महिलाहरुले चप्पल बनाएका हुन । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम अन्तरगत गलेश्वरधाम लगायत तीन आमासमूहका २० जना दिदिबहिनीलाई चप्पल बनाउने तालिम दिएको गलेश्वर आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो ।

ADV

उहाँले सहभागिले सात किसिमका चप्पल बनाउने सीप सिक्नुभएको जानकारी दिनुभयो । गत जेठ २६ गतेबाट सुरुभएको १५ दिनसम्मको चप्पल बनाउने तालिमको प्रशिक्षण सम्झना परियारले गुर्नभएको थियो । तालिम समापन कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले सामुहिक रुपमा सिकेको सीपलाई व्यवसायिक रुपमा अघि बढाउन तालिममा सहभागि आमासमूहका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक हिंसा न्यूनिकरण गर्नका लागि पनि महिलालाई सीप सिकाएर आत्मनिर्भरको बाटोबाट समाजलाई अघि बढाउन सीपमूलक तालिम उपयोगी हुने बताउनुभयो ।

नगरका सामाजिक विकास संयोजक एवम् वडानम्वर ९ का वडाअध्यक्ष चक्रबहादुर केसीले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले घरायसी कामको व्यवस्थापन गरेर चप्पल बनाउने सीपलाई आम्दानीको प्रमुख आधार बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रममा गलेश्वरबजारबासी बालकुमार लामिछानेले समाजमा सवल र सक्षम बन्न उर्जावान समयमा सिकेको सीपलाई उद्योग संचालनमा प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले सिकेको सीपलाई निरन्तरतासंगै विस्तार गरेर दिदिबहिनीहरु आत्मनिर्भर बनेमा परिवारदेखि समाजका ९० प्रतिशत महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

ADV

तालिममा सहभागितर्फबाट बोल्नुभएकी रेखा केसीले सिकेको सीपलाई व्यावसायिक रुपमा अघि बढाउने प्रतिवद्धता जनाउदै आगामी दिनमा सबैको साथ सहयोग र सक्रियता आवश्यक हुनुपर्ने बताउनुभयो ।