बिस वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

विकल्प न्यूज/बेनी
बैशाख २४ गते ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष देखि फरार भएका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

धवलागिरि गाउँपालिका ३ मुना स्थायी ठेगाना भएका वर्ष ४८ का लक्षिन बुढाथोकी भन्ने लक्ष्मीप्रसाद बुढाथोकीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख २१ गते पक्राउ गरी अदालतको आदेश अनुसार कैद कट्टाको लागि कारागार चलान गरिएको सूचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले जानकारी दिनुभयो ।

#ADV

उक्त प्रतिवादी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत म्याग्दीबाट २०५९ फागुन १५ गते दोषी ठहर भई २० वर्ष कैदा भुक्तानीका लागि थुनामा रहेकोमा २०६० साल चैत ७ गते तत्कालिन नेकपा माओवादीको बेनी आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए ।