बेनी बचतसहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग हस्तान्तरण

विकल्प न्यूूज /बेनी
चैत २० गते ।


६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । ं

सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर, सुगर, थाईराइड लगायतका रोगहरुको विषयमा स्वास्थ्य मरामर्श तथा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा फिजिसियन डाक्टर अनिष भुषालले “नसर्ने रोग र हामी” विषयमा सहजीकरण गर्नुभएको थियो । राग लागेर उपचार गर्नु भन्दा रागै लाग्न नदिनु उत्तम उपाय हो भन्ने उद्देश्य अनुरुप स्वस्थ्य रहनका लागि आनीवानी परिवर्तन र खानपान व्यवस्थापनमा विशेष ध्यानदिनुपर्ने डा. भुषालको भनाई थियो ।
त्यस्तै सहकारी दिवसकै अवसरमा सहकारीले गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई एकदिनको खाना खर्च स्वरुप नगद रु १५ हजार ६ सय रुपैया सहयोग उपलव्ध गराईएको सहकारीका प्रवन्धक सज्जन शाक्यले जानकरी दिनुभयो ।

सहकारीका अध्यक्ष रमेश गिरी, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, संस्थापक सचिव रेशम बानियाँ र पूर्व अध्यक्ष एवम् सल्लाहकार टंक हमालले आश्रमका अध्यक्ष बम बहादुर पुनलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०८० को क्यालेन्डर समेत लोकार्पण गरिएको थियो ।

संचालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठको स्वागत र सचिव माधव प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष गिरीले शेयर सदस्यहरुलाई स्वस्थ रहनका लागि आवश्यक स्वास्थ्य परमर्श प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।