म्याग्दी, १७ फागुन ।
बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो ।
शिविरमार्फत ४१ वटा सामुदायिक र ५४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् । बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको सूचना अधिकारी रामकृष्ण बताउनुभयो ।