ताजा समाचार:
Search

गठबन्धनको चुनावी कार्यक्रममा कसले दियो वाकीटकी प्रयोग गर्ने अनुमति ?

विकल्प न्यूज/बेनी
कात्तिक २६ गते । म्याग्दीमा सत्ता गठबन्धनको चुनावी सभामा केही व्यक्तिले वाकीटकी प्रयोग गरेको देखिएको छ । यो निश्चि क्षेत्रका लागि अनुमति लिएर मात्र प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । कुनै क्षेत्रका लागि प्रयोग गर्ने अनुमति लिएर चुनावी कार्यक्रममा प्रयोग भएको भएको देखिएको छ । कुनै कार्यक्रम,सभा सम्मेलन,अधिवेशन,विवाह लगायतका सार्वजनिक कार्यक्रमहरुमा पूर्व अनुमति लिएर मात्र वाकीटकीको प्रयोग पाइन्छ । तर निर्वाचनका समयमा प्रयोग गर्न नपाइने प्रहरीको भनाई छ ।

जिल्लाको मालिका गाउँपालिकाको रुम गाउँमा सत्ता गठबन्धनको कार्यक्रममा एक कार्यक्रर्ताले वाकीटकी प्रयोग गरेर कुराकानी गरेको स्थानीयवासीले बताएका छन् ।

निर्वाचनका समयमा वाकीटकी प्रयोग गर्न पाइदैन प्रहरी नायव उपरिक्षक तिलक भारतीले भन्नुभयो ‘कसले प्रयोग गरेको हो,अनुमति लिएको हो वा होइन बझेर नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइसकेको छु ।’