विकल्प न्यूज/बेनी
जेठ ११ गते ।
म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्याक दुइजना गरी ६ जना सदस्यहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मनोनयन दर्ताका दिन नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको मात्र उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।
यसैगरी ४ जना महिला सदस्यहरुमा भने नेकपा एमालेका डिल कुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय, नेपाली काँग्रेसका श्रीकला घिमिरे र होममाया बुढाथोकी, नेकपा माओवादी केन्द्रका टिकादेवि विश्वकर्मा र भेषकुमारी पुनले मनोनयन दर्ता गराउनुभएको छ । मंगलामा एमालेका १८,काँग्रेसका ५ र माओवादीका ४ जना मतदाता रहेका छन । जेठ १५ गते निर्वाचनको मिति निर्धारण गरिएको छ ।