विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

विकल्प न्यूज/काठमाण्डौं
पुस १४ गते ।


सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५र५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको हो ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम भोलि ९बिहीबार० स्वदेश फर्कने कार्यक्रम छ । onlinekhabar