जलजलामा नेकपा एमाले निकट खेलकुद महासंघ गठन

विकल्प न्यूज/जलजला
पुस १३ गते ।

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले निकट नेपाल खेलकुद खेलकुद महासंघ जलजला गाउँपालिका स्तरीय कमिटी गठन गरिएको छ । मंगलबार पर्वत बेनीमा भएको खेलाडीहरुको भेलाले दिपक पुन खोर्जाको अध्यक्षतामा २५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा स्वदेश श्रेष्ठ,सचिव अम्मर पुन,उपसचिव समिर कुमार बराइली चयन हुनुभएको छ । पछि बस्ने वैठकले कोषाध्यक्ष मनोनित गरिने पुनले जानकारी दिनुभयो ।

यसैगरी पुनले दिएको जानकारी अनुसार भेलाले सदस्यहरुमा भिम फकामी,मनोज कार्की,प्रकाश थापा,सुमन कार्की,गोविन्द कार्की, राजकुमार अधिकारी,सन्दीप बोहोरा,आशिष पुन,बिमल विक,गोपाल नेपाली,विज्ञान नेपाली,सुवास गर्बुजा,डम्बर नेपाली,सुमन परियार,राजेन्द्र कार्की,सुमन नेपाली,बावुराम परियार,प्रविण बराइली,निशान दर्जी,गणेश जिसी र राजकुमार नेपाली चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि जिल्ला समयन्य समितिका प्रमुख तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेले खेल क्षेत्रको विकासका लागि पार्टीले स्थानीय तहमा संगठन निर्माण गर्न लागेको बताउनुभयो ।

 

पार्टीले खेल क्षेत्रको विकासका लागि खेलाडी,प्रशिक्षक र खेलप्रेमीहरुलाई खेलकुद महासंघमा आवद्ध गर्न खोजेको बताउनुभयो । भेलामा गण्डकी प्रदेशसभा सदस्य जुनादेवी नेपाली, नेकपा एमाले गण्डकी प्रदेश सदस्य नरबहादुर कार्की, नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

भेलामा नेपाल खेलकुद महासंघ पर्वतका अध्यक्ष खड्क बहादुर गुरुङले जिल्लाका सवै पालिका स्तरमा खेलकुद महासंघ गठन गरी खेलाडीहरुलाई गोलबन्द गरिएको बताउनुभयो । खेलाडीको हक अधिकारलाई सुनिश्चित गर्न र क्षमता विकासका लागि खेलाडीहरु संगठित हुनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । उहाँले खेलाडी, प्रशिक्षक र खेलप्रेमीको साझा संगठनका रुपमा जिल्लव्यापी रुपमा संगठन विस्तार अभियान सञ्चालन गरिएको बताउनुभयो ।