म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी
असार १५ गते ।

 

 म्याग्दीमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १०,मंगलामा ६,रघुगंगामा ४,अन्नपूर्णमा ३ र पर्वतको जलजलामा ३ गरि २६ जना पिसिआर विविधबाट र धौलागिरिमा १ मंगलामा २,रघुगंगामा ४ जना गरी ७ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणबाट उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २४५३ जना पुगेको छ (पिसिआरबाट १६५२ जना र एन्टिजेनबाट ८१०) अहिले पनि जिल्लामा १५२ जना सक्रिय संक्रमित हुनुहुन्छ। मंगलबार १० जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको स्वास्थ्यले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्लामा बैशाख २४ देखि लकडाउन गरिएको छ । केही खुकुलो बनाएर थप एकहप्ता लकडाउन बढाएर असार २५ गते सम्म पु¥याइएको छ ।