म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

जेठ २० गते । म्याग्दीमा विहिवार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।  

पुष्टि भएकामा बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएकाे छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २०३० जना पुगेको छ ( पिसिआरबाट १५२२ जना र एन्टिजेनबाट ५०८ )। जिल्लामा २५५ जना सक्रिय संक्रमित हुनुहुन्छ।

आज ४० जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब २२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।