बेनी नगरपालिकाका कर्मचारीले संकलन गरे अक्सिजन कन्सनटेटर खरिद गर्ने रकम

विकल्प न्यूज/बेनी
जेठ २ गते ।

 

 बेनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्ने ४ लाख ६ हजार ८ सय २१ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकामा कार्यरत ७० जना कर्मचारीहरुले स्वच्छिक रुपमा उक्त रकम सहयोग गरेका हुन ।

कोरोना संक्रमितहरुको उपचारमा प्रयोग हुने उपकरण अक्सिजन कन्सेनटेटर खरिद गर्नका लागि नगरपालिकामा कार्यरत कर्मचारीहरुबाट उक्त रकम संकलन भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुुवेदीले जानकारी दिनुभयो । संकलित रकमबाट खरिद गरिएको उपकरण बेनी अस्पताललाई प्रदान गरिने उहाँले बताउनुभयो । यसका साथै नगरपालिकाका जनप्रतिनिधिहरुले आधा महिनाको पारिश्रमिक बराबरको रकम ४लाख ५८ हजार सहयोग गरेका छन् ।