ताजा समाचार:
Search

काेभिड विरूद्दकाे खाेप लगाएपछि स्वास्थ्यकर्मी खुुसी

विकल्प न्युज/ बेनी

माघ १४ गते ।

कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ ।

बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । काेराेना खाेप लगाएपछि स्वास्थ्यकर्मी ढुक्क देखिएका छन । पहिलाे चरणमा काेभिड विरद्द जुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई लगाईएकाे छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले खोपको प्रभावकारीता र सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले कोरोना विरुद्धको खोप अभियान सफलताको कामना व्यक्त गरे ।

डा. कँडेलले खोप लगाएपछि पनि सावधानी भने अपनाइरहनुपर्ने सल्लाह दिनुभयो । उहाँले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताउनुभयोकार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामकुमार राई लगायतको उपस्थिती रहेको छ ।

पहिलो चरणमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,महिला स्वयंसेविका,सुरक्षाकर्मी,एम्बुलेन्स लगायत सवारी साधनका चालक गरी ८२१ जनाले खोप लगाउनेछन् ।

पहिलो चरणको खोप अभियान माघ २० सम्म सञ्चालन हुनेछ ।

 

म्याग्दीमा ९४० डोज आएको छ ।कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ ।