ओलीको प्रतिगामी कदमको समर्थक होलान र म्याग्दीमा ! ः अध्यक्ष पौडेल

विकल्प न्यूज/बेनी
पुस ६ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेलले पार्टी विभाजन हुँदा जिल्लामा ठूलो असर नपुग्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको बताउनुभएको छ । सोमबार बेनीको एक रेडियोलाई अन्तरवार्ता दिनुहुँदै अध्यक्ष पौडेलले प्रतिगामी कदमका विरुद्ध जनताले सडकमा आएर भण्डाफोर गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले चालेको कदम सहि छ भनेर हिड्ने यतिखेर म्याग्दीमा न्यून संख्यामा रहेको उहाँको भनाई छ । ‘यस्तो राष्ट्रघाती,प्रतिगामी कदमको पनि सहि भन्नेहरु होलान र ? पौडेलले प्रतिप्रश्न गर्नुभयो ।

आइतबार राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम राष्ट्रघाति भएको उहाँले बताउनुभयो । ‘यो राष्ट्रघाती कदमको नेकपाका नेता तथा कार्यकर्ताहरुले समर्थन गर्न सक्दैनन् । केही अराजक समुहले समर्थन गरेका होलान ।’ उहाँले भन्नुभयो ।
पार्टी पंक्ती अहिले पनि जिल्लामा एकतावद्ध रहेको पौडेलले दावी गर्नुभयो । केही अराजग र पालिएका व्यक्ति वाहेक अन्य नेता तथा कार्यकर्ताहरु ओली पक्षमा नरहेको उहाँले रेडियो अन्तरवार्तामा बताउनुभएको छ । ‘कुनै विचार,सिद्धान्त र सांगठनिक आधार नभएकाहरुको जमात लाग्दैमा पार्टी एकतालाई कुनै असर पु¥याउदैन ।’ अध्यक्ष पौडेलले बताउनुभयो । ‘ओली लोकतन्त्रवादी रहेनन्,उनको चरित्र हेर्दा उनी कम्युनिष्टवादी रहने कुरै भएन ।’ उहाँले भन्नुभयो ।

म्याग्दीका जिम्मेवार नेता तथा कार्यक्रर्ताहरु ओलीले चालेको संसद विघटनको विपक्षमा रहेको उहाँले बताउनुभयो । समय आएपछि सवै साथीहरु विस्तारै खुल्दै जानेछन् । उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरी मध्यवाधि निर्वाचनको मिति तोकेपछि राजनीतिले अर्कै मोड लिएको छ । यो सँगै नेकपा विभाजनको ढिलमा पुगेको छ ।