संसद विघटनका विरुद्ध बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी
पुस ५ गते । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई प्रतिगामी भन्दै बेनीमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधव नेपाल समुह निकट अनेरास्ववियू र युवासंघ ले बेनीमा प्रदर्शन गरेका हुन ।

पार्टी कार्यालय हाँडेभिरबाट निस्कीएको जुलुस बजार परिक्रमा पछि विरेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो । कोषसभालाई सम्बोधन गर्दै युवा संघको केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले प्रधानमन्त्री ओलीद्धारा चालिएको प्रतिगामी कदमको तत्काल सच्याउन माग गर्नुभयो । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सवै नेपाली एकजुट भएर सडकमा आउन उहाँले अनुरोध गर्नुभयो । जनताको मतलाई अपमान गर्नेहरुलाई सडकमा ल्याएर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

अनेरास्ववियूका जिल्ला सह संयोजक रेशम कटुवालले केपी ओलीको प्रतिगामी कदमका विरुद्ध युवा विद्यार्थीहरुले आन्दोलनको आँधीव्यहोरी सिर्जना गर्ने बताउनुभयो । प्रदर्शनमा नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल,प्रदेश सांसद विनोद केसी र कार्यालय सदस्य बालकृष्ण सुवेदी लगायतका नेताहरुको पनि शहभागिता थियो ।