ताजा समाचार:
Search

म्याग्दी उद्योग वाणिज्य संघको हितकोषबाट साढे ११ लाख भुक्तानी

विकल्प न्यूज/बेनी
मंसिर २९ गते ।

निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले दुई वर्षको अवधिमा व्यवसायिक हितकोषबाट साढे ११ लाख भन्दा बढी रकम सदस्यहरुलाई भुक्तानी गरेको छ । 

१५ सय ३२ जना सदस्य आवद्ध भएको हितकोष ३१ लख ५३ हजार पुगेको छ । कोषबाट आउने व्याजको रकमबाट राहत वितरण गर्दै आएको उवासंघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषबाट अहिले सम्म ३५ जनालाई संघले ११ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । संघका सदस्यको मृत्यु भएमा ७५ हजार र घरपरिवारका सदस्यहरुको मृत्यु भएमा २५ हजार राहत उपलब्ध गराउने संघको नीति रहेको उहाँले बताउनुभयो ।

पीडा र दुःखमा परेका सदस्य परिवारलाई साहनुभूति दिन र दुःखमा साथ दिने उद्देश्यले संघले व्यवसायिक हितकोष स्थापना गरेको उहाँले बताउनुभयो ।

कोषमा आवद्ध हुन उवासंघका सदस्यले तिन हजार रुपैयाँ हितकोषमा जम्मा गनुपर्दछ । संघमा आबद्ध कुनै पनि सदस्य भवितव्य वा दुर्घटनामा परेर मृत्यु भएमा उक्त हितकोषबाट राहत उपलब्ध गराइने छ ।

खण्डमा निज व्यक्तिलाई ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइने छ । हितकोषमा संघका सवै सदस्यहरुलाई आवद्ध बनाएर भविष्यमा एककरोड रुपैयाँ सम्म पु¥याइने संघले जनाएको छ ।

यसैविच आइतबार संघले आफन्त गुमाएका संघका सदस्यहरु महेन्द्र बानियाँ,जुना श्रेष्ठ,अम्बिका श्रेष्ठ र फमाया तिलिजालाई जनही २५ हजारका दरले राहत वितरण गरेको महासचिव गौतमले जानकारी दिनुभयो ।

संघमा आबद्ध व्यवसायीलाई कुनै पनि समयमा पर्नसक्ने अप्ठ्यारोलाई कम गर्नका लागि उसलाई सुहानुभूति प्रदान गर्ने उद्देश्यले व्यवसायी हितकोषलाई अगाडि बढाइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।