विकल्प न्यूज/बेनी
मंसिर २९ गते ।
नेपाली काँग्रेस म्याग्दीले सोमबार सरकारविरुद्ध बेनीमा प्रदर्शन गरेको छ । सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देश ब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा काँग्रेसले विरोध सभा गरेको हो ।
विरोध सभामा बाल्दै नेपाली काँग्रेसका नेताहरुले वर्तमान ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए । उनीहरुले केपी ओली सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गएको बताए ।
नेताहरुले फुटको नेकपा संग नभई सिंगो नेकपा सँग चुनाब लडेर पराजित गराउने दावी गरे ।
संगमचोक स्थित पार्टी कार्यालयबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर भएको सभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुले नेकपालाई नफुट्न शुभकामना दिदै म्याग्दीमा आगामी चुनावमा हराउने दावी गरे ।
काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले म्याग्दीमा २०६४ सालको चुनावमा ७ हजारले पछि परेको कांग्रेस अघिल्लो चुनावमा दुई वटा कम्युनिष्ट मिल्दा समेत २२ सय मतअन्तर परेको बताउदै जनताबाट तिरस्कृत भएको ओली सरकार, प्रदेश र संघका जनप्रतिनिधिहरुको अलोकप्रियगतिबिधिले म्याग्दीमा नेकपालाई बत्तिबालेर खोज्नुपर्ने अवस्थामा पु¥याएर छोड्ने उदघोष गनुभयो ।
‘कुनै समय प्रधानमन्त्रीले ओलीले कांग्रेसलाई बत्तीबालेर खोज्न पर्छ भन्नुभएको थियो,अबको चुनावमा म्याग्दीमा नेकपालाई हामीले बत्तिबालेर खोज्ने बनाउँछौं उहाँले भन्नुभयो । म्याग्दीबाट प्रतिनिधित्व गर्र्ने प्रदेश र संघिय जनप्रतिनिधिको कारणले म्याग्दी विकासमा पछि परेको उहाँको भनाई थियो ।
अहिले सम्म नेकपाले नै नेतृत्व गरेको जिल्ला बेनीबजार भन्दाबाहिर एक किमि सम्म सडक कालोपत्रे हुननसकेको उहाँले बताउनुभयो ।
सभापति गर्बुजाले सरकार र जनप्रतिनिधिहरुले म्याग्दीलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्न नसकेको, पहिरो पीडितहरुको उद्दार र राहतमा ढिलासुस्ति गरेको, अझैसम्म पुनस्थापना र पुननिर्माणको काम अघि बढाउन नसकेकोे टिप्पणी गर्नुभयो ।
प्रदेश र केन्द्रमा आफ्नै सरकार भए पनि म्याग्दीका प्रदेश र संघका जनप्रतिनिधिले विकास आयोजना र बजेट भित्राउने देखि कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न नसकेको नेपालीकाँग्रेस म्याग्दीका निबर्तमान सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । वर्तमान ओली सरकारका गलत क्रियाकलापका कारण संविधान विरोधीहरु सलबलाएको उहाँले आरोप लगाउनुभयो ।
उपसभापति माधव रेग्मीले एकताबद्ध भएर ओली सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
रेग्मीले स्वागत गरेको कार्यक्रममा पुर्ब सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, चुनाव क्षेत्र न. ख का सभापति कमल छन्त्याल, महिला संघकी सभापतिबिमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका अध्यक्ष बालकुमार लामिछाने, बेनीनगर सभापति अनोद श्रेष्ठ,नेबिसंघका सभापति निर्मल खत्रीले वर्तमान सरकारको गलत कार्यशैलीका कारण सडकमा आउनुपरेको बताउनुभएको थियो ।