स्मृतिद्धारा बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दायर

विकल्प न्युज/ बेनी
म्याग्दी १६ मंसिर ।
बेनी बजारकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान धु्रव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा मुद्धा दर्ता गराएकी छिन् ।

श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गरेकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन् ।

मंसिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरिक्षक शर्मा विरुद्ध उनकी पत्नीले बहुविवाह र भु्रर्ण हत्या गरेको आरोपमा गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँडका सइ धनबहादुर थापाले जानकारी दिए ।

म्ुाद्धा दर्ता भएसंगै आबश्यक कानुनी प्रकृया अघि बढेको जिप्रकाले जनाएको छ ।

फौजदारी कसुरमा मुद्धा दर्ता भएसंगै शर्मा निलम्बनमा पर्ने कानुनी प्रावधान रहेको छ ।

चिनजान बाट प्रेम, शारिरीक सम्बन्ध हुँदै प्रेमविवाह गरेका शर्मा दम्पती बिच पछिल्लो समय सम्वन्धमा खटपट आएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो ।

श्रीमानले आफुलाई जर्वजस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा समेत नलगेको, आफुलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफुसंगको सम्पर्क छुटाएर अल्पत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।