जन्मदिनमा विपन्नलाई सहयोग

अनिल पौडेल/ बेेेनी
म्याग्दी, ११ भदौ ।
म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ।

पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ।

विदेशमा रहेका श्रीमान ६ महिनायता सम्पर्कविहिन भएपछि मानसिक विरामी सोविता परियारको अवोध छोरालाई आवश्यक पर्ने भैसीको दुध खरिद र मजदुरीको क्रममा घाईते भएका रिमे दमाई र विपन्न झकल दमाईको परिवारलाई सहयोग गर्नुभएको हो ।

विगत दशक देखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकार गौतमले आफ्नो जन्मदिनको अवसरमा विगतमा समेत आर्थिक अवस्था कमजोर भएकाई सहयोग गरी मनाउने गर्नुभएको थियो ।

चरम गरिबीको भूमरीमा परेको पक्षमा ब्यक्तिगत र सञ्चार माध्यमबाट समेत सहयोग गर्ने गौतमले बताउनुभयो । धर्तीमा पाइला टेकेको दिन रचनात्मक कार्यमा पछिल्लो समय सामाजिक र मानवीय सेवामा खर्च गर्ने गरिएको छ ।

पत्रकार गौतम बेनी साप्ताहिकका प्राकाशक, बेनीअनलाइनका संस्थापक सदस्य, न्यूज २४ टेलिभिजन र नागरिक राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुनुहुन्छ।

परोपकारी पत्रकारिता मार्फत धेरैको उद्धारमा कलम चलाउनुभएका गौतमले जन्मदिन मनाउने खर्चलाई सामाजिक तथा मानवीय सेवामा खर्चिने गरी हरेक बर्ष सहयोग गर्ने बताउनुभयो ।