नेकपा सचिवालय वैठकद्धारा कार्यदललाई अनुमोदन

विकल्प न्यूज/काठमाण्डौं
भदौं १ गते । सोमबार बसेको नेकपा सचिवालय वैठकले ६ सदस्यी कार्यदललाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वसेको सचिवालय वैठकले गत शुक्रबार गठन गरेको ६ सदस्यीय कार्यदललाइ अनुमोदन गर्नुका साथै बधाई ज्ञापन समेत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गत साउन ३ गते देखि बस्न नसकेको सचिवालय वैठक आज बसेको हो ।

शुक्रबार दुई अध्यक्ष विच पार्टी भित्र देखिएको विवाद समाधान गर्न सहमति भएसँगै विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदललाई सचिवालय वैठकबाट अनुमोदन गराउनु पर्ने नेताहरुले माग गरेपछि आज सचिवालयको वैठक वसेको हो ।
यो सँगै नेकपा भित्रको विवाद समाधानउन्मुख देखिएको छ ।

सोमबार विहान
अध्यक्षद्वयद्वारा गठित कार्यदलको बारेमा बैठकमा जानकारी गराइएको छ, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ ।
कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा आउनेछ ।