रुघा खोकी लागेर अस्पताल पुगेकी बागलुङकी एक महिलामा कोरोना देखियो

विकल्प न्यूज/बेनी
भदौं १ गते ।
रुघाखोकी लागेर अस्पताल पुगेकी एक महिलामा कोरोना देखिएको छ । शनिबार कोरोनाको लक्षण देखिएपछि उनको स्वाव लिई परिक्षण गरिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताउनुभयो ।।

रुघा, खोकी लागेपछि अस्पताल पुगेकी उनलाई कोरोना आशंकामा आइशोलेसनमा भर्ना गरिएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको गौतमले बताउनुभयो । संक्रमित महिलाको कुनै पनि ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ ।