ताजा समाचार:
Search

टोलटोलमा पुगेर योजना तथा कार्यक्रम संकलन गर्दै बेनपा ९

विकल्प न्यूज/बेनी
जेठ ३१ गते ।  आगमी आर्थिक आर्थिक वर्ष २०७७/०७८ का लागि बेनी नगरपालिका वडा नम्बर ९ ले बस्तीस्तरमा पुगेर मागहरु संकलन गर्न थालेको छ ।
बेनी नगरपालिकाले आगमी आर्थिक वर्षका लागि नगरसभामा पेश गर्ने योजना तथा कार्यक्रमका लागि वडा नम्बर ९ घतानले वस्तीस्तरबाट योजना तथा कार्यक्रम छनौंट गर्न सुरु गरेको वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । वडाका सवै वस्तीहरुमा पुगेर मागहरु संकलन गरिने उहाँले बताउनुभयो ।
टोलवस्तीमा पुगेर योजनाहरु संकलन थालेका छौं वडा अध्यक्ष चोखालले भन्नुभयो, ‘खानेपानी र सडकका माग धेरै आएका छन् ।’
कोरोना भाइरसको जोखिम रहेकाले सरकारले बनाएको निमयमलाई पालना गर्दै वस्तीस्तरमा भेला गरी योजना छनौंट सुरु गरिएको उहाँले बताउनुभयो ।

‘जनताका चाहना र इच्छा धेरै छन, हामी सँग बजेट थोरै छ । सवैका मागहरु सम्बोधन गर्न चुनौती छ ।’ उहाँले भन्नुभयो ।
नगरपालिकाले बजेट सिमा ६० लाख तोकेको छ यहि भित्र रहेर योजना छनौंट गरिने उहाँले बताउनुभयो । साना खालका योजना तथा कार्यक्रमहरु वडाबाट कार्यन्वयन गरिने र ठूला योजनाहरु नगरपालिकाबाट सम्बोधन हुने उहाँले बताउनुभयो । योजना छनौंटका लागि भेला भएका तोरीपानीका स्थानीयवासीहरु । तस्विर ठाकुरप्रसाद आचार्य

जनप्रतिनिधि,समाजसेवी,राजनीतिकदल, स्थानीय युवा र बुद्धिजिवीहरुबाट वडाको विकासका लागि मागहरु संकलन गरिएको वडा अध्यक्ष चोखालले बताउनुभयो ।