ताजा समाचार:
Search

रघुगंगाकाे काेटगाउँमा पहिराेमा पुरिएर दुई जनाको मृत्यु

विकल्प न्युज/ बेनी

जेठ २८ गते । 

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको काेटगाउँमा  मंगबार राति १ बजे  पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

गोठ माथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयाे

उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा राति नै राति नै प्रहरी टाेलि पुगेकाे उहाँले बताउनुभयाे ।

घटनास्थलमा रहेका हमालका अनुसार मामाघर आएकी सिम्रन हजुरआमा हमायासँग गोठमा गएकी थिइन्।

पहिरोले पुरिएर उनिहरू बसेकाे गाेठलाई पुर्ण रूपमा क्षति पुर्याएकाे छ । घटना स्थलमा यतिखेर  प्रहरी निरीक्षक शर्माकाे टाेलि पुगेकाेे  छ ।